न्याय खोज्दै हिंसापीडित महिला

दाङ, मंसिर १४ । दाङ हापुरकी एक महिलाका श्रीमान विदेश गएका हुन् । तर, केही वर्षदेखि घर फर्केका छैनन् । सम्पर्कमा नरहेको पनि केही वर्ष भयो । श्रीमान विदेशमा रहेका ती महिला एक छोरा र ससुरासँग घरमा बस्दै आएकी थिइन् । तर, ती ससुरा अभिभावक नभएर पापी बने । बुहारीलाई बलात्कार गरे । ससुराको यौन हिंसा सहन नसकेर घर छाडेर हिडेकी उनी अहिले अरुकै शरणमा बस्दै आएकी छिन् । स्कुमा पढ्दै गरेका छोरालाई समेत ससुराले छुटाएर लगी फरार भएपछि अहिले उनी मानसिक रुपमा समेत बिछिप्त अवस्थामा पुगेकी छिन् । सम्बन्धित ससुरा फरार रहेको र श्रीमान सम्पर्कमा नहुँदा कानुनी लडाई लड्न समस्या उत्पन्न भएको छ । यस्तै लमहीकी एक महिलाका श्रीमानले साथी भनेर एकदिन केटी घरमा ल्याए । पछि त्यही केटीलाई बिहे गरेर बाहिर नै बस्दै आएका छन् । श्रीमानले सौला ल्याएपछि कानुनी उपचारमा पुगेकी उनी आफ्ना ड्राइभर श्रीमान सम्पर्कमा नहुँदा कानुनी प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन । यी त महिला हिंसासम्बन्धी प्रतिनिधि घटना हुन् । महिला हिंसाबिरुद्धको १६ दिवसिय अभियान सञ्चालन भइरहेका सन्दर्भमा छलफलमा आएका यस्ता घटनाहरु कानुनी लडाईमा जाँदा विभिन्न कारणले समस्या उत्पन्न भएको यसक्षेत्रमा क्रियाशील संघसंस्थाहरुको दाबी छ । अभियानका सन्दर्भमा ११ मंसिर शुक्रबार घोराहीमा आयोजना गरिएको समन्वय बैठकमा सरोकारवालाहरुले महिला हिंसासम्बन्धी घटनाहरुको फैसला र कार्यान्वयनका निमित्त … Continue reading न्याय खोज्दै हिंसापीडित महिला