गलत हल्लाको व्यवस्थापन गरौं

दाङ, मंसिर १४ । विपद् व्यवस्थापन गर्न गलत सूचनाको व्यवस्थापन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । अपाँग मानवअधिकार एवं सरोकार मञ्चल नेपालको आयोजनामा १२ मंसिर शनिबार घोराहीमा सम्पन्न भएको सञ्चारकर्मीहरुका लागि समावेशी विपद् जोखिम व्यवस्थापन सम्बन्धी १ दिने सचेतीकरण कार्यशाला गोष्ठीका सहभागीहरुले त्यस्तो बताएका हुन् । मञ्चका अध्यक्ष कृष्णबहादुर चौधरीको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौड्यालले गलत हल्लाले थप संकट उत्पन्न गर्नसक्ने सम्भावना रहेकाले सबैभन्दा पहिले यस्ता हल्लालाई कसरी रोक्न सकिन्छ भन्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । ‘गलत हल्लाहरुले विपद्लाई थप कष्टकर बनाउन सक्छ त्यसकारण गलत हल्ला हो कि यथार्थ हो भनेर निक्र्र्याैल नगरिकन सूचना जारी नगरौं’, उहाँले भन्नुभयो । विपद्को पूर्वतयारी गर्दा पनि कतिपय विपद्को जोखिम न्यूनीकरण गर्न सकिने भन्दै उहाँले सबै मिलेर विपद् न्यूनीकरणमा लागेमा केहीरुपमा कम गर्न सकिने बताउनुभयो । यसैगरी कार्यक्रममा ‘विकासका विषयगत क्षेत्रमा विपद् जोखिम व्यवस्थापन मूलप्रवाहीकरण’बारे जानकारी दिँदै जिल्ला विकास समिति दाङका सूचना अधिकृत कृष्ण केसीले हुने विपद्मध्ये वाढीले बढी असर गर्ने भएकाले कतिपय अवस्थामा हामी हाम्रै गतिविधिका कारण पनि शंकटको नजिक–नजिक गएको जानकारी दिनसभयो । विपद्लाई प्रकोपका रुपमा रुपान्तरण हुन नदिन बढी सचेत रहनुपर्ने बताउँदै केसीले विपद्लाई अहिलेपनि मुख्य पाटोका रुपमा लिँने संस्कारको विकास नभएकाले यसको क्षेत्रमा लगानी पनि हुन नसकेको र त्यसकारण विपद् आइहाल्यो भने यसको व्यवस्थापनमा … Continue reading गलत हल्लाको व्यवस्थापन गरौं