ताजा अपडेट

संकट निवारण अनिवार्य

          |   127 Views   |   Published Date : 30th November 2015 |

भारतको नाकाबन्दीका कारण नेपाल चरम संकटमा परेको छ । भारतले नेपालको आन्तरिक मामिलालाई लिएर अघोषित नाकाबन्दी मात्र गरेको छैन, उसले आफ्नो नांगो चरित्र समेत उजागर गरेको छ । भारतको यस्तो रबैयाका कारण नेपाल र भारतको वर्षौदेखिको मित्रवत सम्वन्धमा गहिरो खाडल बनेको छ । भारतको सन्दर्भमा नेपाल अति नै प्रिय मुलुक हो । भारत बिरोधी कुनै पनि गतिविधिहरु नेपालमा भएकै छैन । यति हुँदा हुँदै पनि भारतले नेपालप्रति गिद्धेदृष्टि लगाउनु उसको सन्काहा प्रवृत्ति हो । नेपालमा जति प्रदेश भएपनि भारत बिरोधी गतिविधिहरु हुने कुरै थिएन । तसर्थ नेपालमा बनेको संविधानको विषयमा भारतले अनावश्यक चासो देखाउनु आवश्यक नै थिएन । यति हुँदा हुँदै पनि भारतले नेपाल माथि नाकाबन्दी गरेर मानव संकट निम्ताएको छ । भारतको यस्तो रबैयाका कारण नेपालको अर्थतन्त्र चौपट भएको छ ।
भारतले यतिबेला जेजसरी हुन्छ नेपाललाई अफ्ठ्यारो पारिरहेको छ । भोलीका दिनमा नेपालले पनि भारतलाई यसको बदला कुनै न कुनै माध्यमबाट अवश्य पनि लिनुपर्छ । भारतका गोटी बनि रहेका मधेशवादी दलहरुसँग पनि अब नेपाली जनताले अच्छासँग बदला लिनुपर्छ । नेपालमा देखा परेको संकट समाधानका लागि यहाँका सबै दलहरु एकताबद्ध हुनुपर्छ । तर दुःखका साथ भन्नुपर्छ । यतिबेला मुख्य ठूलो दल प्रतिपक्षमा बसेको छ । मधेशवादी दलहरुको चाहनालाई कुनै न कुनैमाध्यमबाट कांग्रेसले पुरा गरिरहेको छ । यदि अब पनि मुलुकको संकट समाधानका लागि सबै दल एकताबद्ध हुने सवालमा गाम्भीयर्ता देखाइएन भने यसबाट निस्कने नकारात्मक असर सबैले आ–आफ्नो हैसियत अनुसार ग्रहण गर्नुपर्नेछ । महिनौ देखिको नाकाबन्दीले नेपाली समाज अस्तव्यस्त भइसक्दा समेत भारतले आफ्नो नियत सफा नबनाउनु दुःखको कुरा हो । उसले नेपाललाई नाकाबन्दी गरेर कुनै लाभ लिन सक्ने वाला छैन । भारतले गरिरहेको घाटाको खेतीले नेपाल र नेपालीको दैनिकी अत्यन्त कष्टकर बनेको छ । नेपाललाई दिएको दुःखको बदलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकदिन खुनको आशु रुनेछन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१