ताजा अपडेट

सेवाग्राहीहरु सेवाप्रवाहका लागि आउँदा अलमलिए

        प्रशान्त वली   |   192 Views   |   Published Date : 27th November 2015 |

काम धेरै भए पनि बजेट थोरै आउँदा समस्याः मालपोत

दाङ, मंसिर ११ । मालपोत कार्यालय दाङमा सेवाग्राहीहरु सेवाप्रवाहका लागि आउँदा अलमलिएको पाइएको छ । कार्यालयले सूचना प्रवाहको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीहरु अलमलिएको देखिएको छ ।
यस्तै कार्यालयमा सम्बन्धित फाँट देखिने गरी लेखिएका बोर्डहरु व्यवस्थित छैनन् । जसका कारण सेवाग्राहीहरु मर्कामा परेका छन् । उता कार्यालयले भने दर्ता फाँटमै सेवाग्राहीहरुले सोधपुछ गर्न सकिने गरी व्यवस्था मिलाइएको बताउँछ । मालपोत कार्यालयमा सूचना अधिकारीको जिम्मेवारी भुपेन्द्र देवकोटालाई दिइए पनि दर्ता फाँटमा पनि सोधपुछ गर्न सकिने कार्यालयले बताएको छ । यस्तै, दुई वर्षअघि कार्यालय परिसरमै निर्माण थालिएको बैंक काउण्टर बजेट अभावका कारण अलपत्र परेको कार्यालयले बताएको छ । कार्यालयमा संकलन भएको राजश्व बैंक काउण्टरमा संकलित गर्ने उद्देश्यले निर्माण थालिएको बैंक काउण्टर बजेट नभएर रोकिएको छ । जसका लागि केन्द्रमा १ लाख ११ हजार ४ सय ४५ रुपैयाँ बजेट माग गरिएको मालपोत कार्यालयका प्रमुख लालमणी ओझाले जानकारी दिनुभयो ।
अहिले निर्माण कार्य रोकिएको छ । यसैबीच तामेलीहरु फाइलमा अव्यवस्थित हुँदा सेवाग्राहीहरुले ढिलासुस्ती भएको बताएका छन् । राजिनामा लिखत पास भएका हजारांै तामेलीहरु फाइलिङ सिस्टमबाट नराखिँदा सेवाग्राहीहरुलाई सेवाप्रवाहमा अफ्ठेरो हुने गरेको छ । काम धेरै हुने कार्यालय भए पनि बजेट थोरै आउने गरेको उहाँले बताउनुभयो ।
गत साउनदेखि कार्तिकसम्म ४ सय ८७ वटा कम्प्यूटर प्रणालीमार्फत् पुर्जा बितरण गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका प्रमुख ओझाले अबको केहि समयमै मालपोत कार्यालय लमहीमा पनि रहने जानकारी दिनुभयो । त्यसका लागि केन्द्रमा छलफल भइरहेको उहाँको भनाइ छ । कार्यालयले चौमासिक रुपमा गरेका क्रियाकलापहरुको अपडेट गर्न ढिलाई गरेको पनि पाइएको छ । कार्यालय प्रमुख ओझाका अनुसार अपडेट गर्ने काम छिट्ट हुने बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१