दाङको हवाई सेवा नियमित हुने संकेत

दाङ मंसिर ११ । ईन्धन अभावको कारण देखाउँदै अनियमित भएको दाङको हवाई सेवा पुनः नियमित हुने संकेत देखिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालन हुँदै आएको हवाई सेवा पुनः नियमित रुपमा सञ्चालन गर्ने तयारी गरेको गोमा एअरका म्यानेजिङ डाइरेक्टर मनोज कार्कीले बताउनुभएको छ । १० मंसिर बिहीबार आफ्नै उडानमार्फत् तुलसीपुर बिमानस्थल आउनुभएका कार्कीले तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँंग कुरा गर्दै नयाँ सहमतिमार्फत् पुनः नियमित उडानका लागि आफू तयार रहेको उहाँले बताउनुभयो । कार्कीले पुरानो सहमति ३ महिना रहेको र सो सकिएको हुँदा अब नयाँ सहमति अनुसार हप्तामा २ उडान भर्नका लागि आफूहरु तयार रहेको बताउनुभयो । उहाँले हवाई इन्धन अभावका कारण भाडामा केही बृद्धि भए पनि पुनः ईन्धन सहज भए पुरानै भाडामा उडान भर्ने बताउनुभयो । भेटका क्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिजालले आपूmहरुले गरेको सहमति सकिएको र अब नयाँ सहमतिका साथ उडान भर्नका लागि आपूmहरुको पूर्ण सहयोग रहने बताउनुभयो । उहाँले आपूmहरुले पहिले लिएको ७ वटा टिकटको जिम्मा भने लिन नसक्ने प्रष्ट पार्र्दै उडानका लागि अन्य सहयोग भने गर्न तयार रहेको बताउनुभयो । यसैबीच ईन्धन अभावका कारण काठमाण्डौ दाङ हवाई भाडामा बृद्धि भएको छ । दाङको तुलसीपुरबाट उडान भर्ने एकमात्र गोमा एअरले इन्धन अभाव भन्दै काठमाण्डौबाट दाङ आउँदाको भाडा बृद्धि गरी झण्डै ११ हजार पुर्याएको … Continue reading दाङको हवाई सेवा नियमित हुने संकेत