एक करोडमा खरिद गरेको जग्गा बाँझै, फोहर कहाँ फाल्ने नगरपालिकालाई चिन्ता

दाङ, मंसिर ११ । तुलसीपुर–११ अश्वाराका स्थानीयहरुले गाउँमा फोहर फाल्न नदिने भएका छन् । तुलसीपुर नगरपालिकाले जथाभावी रुपमा फालेको फोहरको दुर्गन्धले जनजीवन प्रभावित बन्दै गएको भन्दै तुलसीपुर बजारबाट फोहर लिएर गएका गाडीलाई स्थानीयले फर्काइदिएको स्थानीय टोपबहादुर विकले जानकारी दिनुभयो । तुलसीपुर बजारबाट संकलन गरेर लगेको फोहर छरपष्ट रुपमा फालेका कारण दुर्गन्ध र झिंगा भन्किएर बस्न गाह्रो भएको, फोहर पाल्ने ठाउँदेखि १०/१५ मिटर टाढाको दुरीमा रहेका डम्वर बस्नेतले बताउनुभयो । ‘घर अगाडि ल्याएर नगरपालिकाले फोहर पाल्छ, त्यसको गन्धले एकछिन पनि बस्न सकिदैन हामी कहाँ गएर बस्ने’, बस्नेतले दुखेसो पोख्नु भयो । तुलसीपुर नगरपालिकाले एकजना स्थानीयसँंग समन्वय गरेर उनकै जग्गामा बिगत डेढ महिनादेखि फोहर फाल्दै आएको छ । एकजना व्यक्तिका कारण सिंगो गाउँका हजारौं नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने भन्दै बीच गाउँमा कुनै पनि हालतमा फोहोर फाल्न नदिने स्थानीयले बताएका छन् । एकपटक गाडी फर्काइ दिएका छौं, बल प्रयोग गरेर पुनः फोहर ल्याएमा गाडी जलाई दिने समेत स्थानीयले चेतावनी दिएका छन् । तुलसीपुर–बाघमारे सडक खण्डअन्तर्गत अश्वाराको उकालो नजिकै फोहोर फाल्दा सोही बाटो भएर आवातजावत गर्ने नागरिकहरु नाक बुझेर हिड्न बाध्य छन् भने छेउछाउका घरहरुमा झिंगा भन्किने गरेको स्थानीयको भनाइ छ । सडेगलेका, मरेका सिनो पनि कुकुरले निकाल्दा झनै वातावरण प्रदुषण बढ्दै गएको भन्दै हैजा फैलिने त्रासमा स्थानीय रहेका छन् । डम्पिङ साइडमा … Continue reading एक करोडमा खरिद गरेको जग्गा बाँझै, फोहर कहाँ फाल्ने नगरपालिकालाई चिन्ता