ताजा अपडेट

भारतको हेपाहा प्रवृत्ति

          |   190 Views   |   Published Date : 27th November 2015 |

नेपाल माथि गिद्धेदृष्टि लगाई रहेको भारतले एकपछि अर्को निकम्मा काम गरिरहेको छ । नेपाललाई अन्तराष्ट्रिय कानून विपरित नाकाबन्दी गरिरहेको भारतले नेपाल भूमिमै पसेर मानिसको ज्यान लिन थालेको छ । भारतीय सुरक्षा बल एसएसबीले नेपाली सीमाभित्रै पसेर अन्धाधुन्ध गोली चलाएर मानिसहरुको हत्या गरेको छ । भारतको पछिल्लो कदमले उसको हेपाहा प्रवृत्तिलाई उदांगो मात्र बनाएको छैन कि भारतले नेपालप्रति कति हदसम्मको घटिया सोंच राख्ने रहेछ भन्ने कुरा पुष्टि भएको छ । भारतले आफूलाई खाँटी प्रजातान्त्रिक मुलुक सम्झन्छ । तर भारतका सबै गतिविधिहरुलाई हेर्दा उ जस्तो निरंकुश मुलुक अर्को देखिएको छैन । तसर्थ भारतको गैरप्रजातान्त्रिक चरित्र बिरुद्ध अब नेपाल खुलेर बोल्नुपर्छ । अन्तर्राष्ट्रिय अदालतमा समेत भारतलाई उभ्याउने सवालमा अब नेपालले ढिलाई गर्नु हुँदैन ।
नेपालीलाई चरम अभावमा राखेर तडपाई तडपाई मार्ने सोंच सहित आफूलाई अगाडि बढाएको भारतले नेपाली भूमिमा पसेर मानव हत्या गर्नु महा अपराध हो । यस्तो अपराधिक क्रियाक्लापमा सहभागि भारतलाई छिटो भन्दा छिटो अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनुपर्छ । नेपाल माथिको अघोषित नाकाबन्दीलाई अब नेपालले नै कडारुपमा प्रतिबाद गर्नुपर्छ । नेपालले घोषीतरुपमा भारतसँग सम्बन्ध बिछेद गरेर भारतको घटिया सोंचलाई सार्थक बनाउन कथित आन्दोलन गरिरहेका मधेशबादी केही नेता र थारुका केही नेतालाई देशद्रोही ठहर गरेर कठघरामा उभ्याउनुपर्छ । अन्यथा भारतले भोलीका दिनमा अझ घटिया कार्य गर्नेछ भन्नेमा शंका छैन । नेपाल र नेपालीको छातीमा लात हानि रहेको भारत र उसको सोंचको सारथी बनि रहेका मधेशका केही दलालहरुलाई अब कुनै पनि हातलमा दाया वा क्षमा गर्नु हुँदैन । उनीहरुप्रति राज्य कडाईका साथ प्रस्तुत हुनुपर्छ । हेप्नुको पछि सीमा हुन्छ । मधेशवादी नेता र भारतले हाम्रो स्वाभिमानलाई लिलाम बनाउन कुनै कसर बाँकी छाडेका छैनन् । अब यी दुबैप्रति कठोरता आवश्यक छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१