ताजा अपडेट

समतामूलक समाजको अपरिहार्यता

          |   240 Views   |   Published Date : 26th November 2015 |

समाज गतिशिल र परिवर्तनशील छ । परिवर्तनशील समाजलाई मुलुक र समाजको समग्र विकाससँग जोड्नका लागि राज्यले लिने प्रभावकारी नीति, कार्यक्रम र योजनाले धेरै हदसम्म काम गर्दछ । समाजलाई गति दिनका लागि र मुलुकको समग्र विकासका लागि सबैको सहभागिता हुन जरुरी छ । नेपालको सन्दर्भमा भन्नुपर्दा राज्यको मूलधारमा अहिले पनि पुरुषहरुको बर्चस्व छ । जसले गर्दा सबै क्षेत्रले अपेक्षितकृतरुपमा विकास गर्न सकेका छैनन् । विभेदयुक्त समाजमा महिलावर्ग थिचिएका छन्, हिंसामा परेका छन् । जसका कारण समाज विकासक्रममा महिलाहरुको सहभागिता हुन पाएको छैन । मुलुक दिनप्रतिदिन विपन्नताको खाडलमा रुमलिएको छ । यी र यावत् कुराहरुलाई विश्लेषण गर्दै समाजमा रहेको लैंगिक हिंसाकै कारण समाजको विकासक्रम मन्द भएको ठहर गर्दै राज्यले सिंगो मुलुकलाई हिंसामुक्त बनाउन विभिन्न कार्यक्रमहरु गरिरहेको छ । यस सम्बन्धी काम गर्ने अधिकारकर्मीहरुले समेत आ–आफ्नो तवरबाट हिंसामुक्त समाज निर्माणका लागि भूमिका खेलिरहेका छन् । समाजलाई हिंसामुक्त बनाउनका लागि पछिल्ला दिनहरुमा अभियानकैरुपमा विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । यही मंसिर ९ गतेबाट समतामुलक समाज निर्माणका लागि १६ दिवसीय अभियान सुरु भएको छ । तर, समाजलाई हिंसामुक्त बनाउनका लागि जसले जस्तो भूमिका निर्वाह गरेपनि यस्तो अभियान आफूबाट, आफ्नो घरबाट शुरु गर्न सकेमात्र समाज हिंसामुक्त बन्नसक्छ ।
समाजमा पछिल्ला दिनहरुमा हिंसाकारुपहरु फेरिएका छन् । केही वर्ष अगाडि जस्तो महिलामाथि चरम हिंसा भएको हाल खासै सुनिदैंन । अहिले मानसिक हिंसाहरुका कुरा बढी बाहिर आएका छन् । हिंसाका कुराहरु गरिरहँदा साना–साना हिंसाकारुपहरुलाई पनि निराकरण गर्नका लागि सबैले आफैबाट शुरु गर्नुपर्छ । हिंसामुक्त समाज निर्माणका लागि आफूलाई बदल्न जरुरी छ । हिंसाले सधैभरि विध्वंशलाई नै टेवा पु¥याउने गर्दछ । यस अर्थ श्रीमान्ले श्रीमतीलाई, परिवारले छोरीलाई, सासुले बुहारी वा बुहारीले सासुलाई विभेद गर्दा त्यहाँ भएको हिंसाले सो परिवारलाई कमजोर बनाउँछ । परिवार कमजोर हुँदा समाज हुँदै देश मन्द बिषको शिकार हुन पुग्दछ । यही कुरा कुनै परिवारमा पुरुषमाथि पनि महिलाहरुले गरिरहेका हुन्छन् ।
क्षणिक आनन्द वा आवेगलाई शान्त बनाउन हिंसा गर्दा सबैलाई घाटा पुगिरहेको हुन्छ । यही कुरा अहिले नेपालमा जन्मने सबै नेपालीले बुझ्नुपर्छ, हृदयबाट नै हिंसामुक्त व्यक्ति बन्न सक्ने जागरण चलाउनुपर्छ । हिंस्रक प्रबृत्ति त्याग्नु पर्दछ । अनिमात्र समतामुलक समाज निर्माण हुनसक्छ । यस्तो समाज निर्माण भएमा देशले उल्लेख्य प्रगति गर्न सक्छ । जनता हर्ष, उमंग, सुखसयलका साथ जीवनयापन गर्न सक्दछन् । मुलुकको समृद्धिका लागि हिंसामुक्त समाज अपरिहार्य छ । समतामुलक समाज निर्माणका लागि हिंजोबाट सुरु भएको १६ दिवसीय अभियानले सबैलाई सद्बुद्धि दिओस् । राष्ट्रप्रमुख महिला बनेको अबसरलाई सदुपयोग गर्दै पछाडि पारिएका सबै महिलाहरु
राज्यका सबै निकायमा समन तवरले प्रतिनिधित्व गर्न सकुन । कहि कतै कुनै पनि किसिमको विभेद नहोस्, ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१