विपद व्यवस्थापन सम्बन्धी जानकारी
तुलसीपुर मंसिर ९ । दाङको गोल्टाकुरी गाविसका बबई तटिय क्षेत्रका बासिन्दालाई बिपत व्यवस्थापन सम्बन्धि जानकारी गराइएको छ । बाढी, ढुवान र पहिरो जस्ता प्राकृतिक बिपतका समयमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने बारेमा जानकारी गराइएको नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा दाङले जानकारी दिएको छ । रेडक्रसका अनुसार गोल्टाकुरीको बबई नदी तटिय क्षेत्रमा बसोबास गर्र्दै आएका नागरिकलाई अभिमुखीकरण कार्यक्रममार्फत् यस्तो जानकारी गराएको हो । गाविस सचिव ज्ञानबहादुर केसीको अध्यक्षतामा तथा रेडक्रसका सभापति नारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेडक्रसका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले कार्यक्रमको बारेकमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा गोल्टाकुरी गाविसका पूर्व अध्यक्ष यज्ञबहादुर विष्ट, एमालेका जनाद्र्धन आचार्य, मोहनकुमार शर्मालगायतकाले बिपत व्यवस्थापनले अगामी दिनमा हुनसक्ने सम्भाबित क्षतिबाट पूर्व तयारी भएको बताउनुभएको फिल्ड अधिकृत सन्तोष ढकालले जानकारी गराउनुभयो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed