योजना सम्झौताः समयमै किन हुँदैनन् ?
दाङ मंसिर ९ । जिल्ला विकास समितिले चालु आर्थिक वर्षभित्र सम्पन्न गरी सक्नुपर्ने योजनाहरुको सम्झौताका लागि उपभोक्ता समितिलाई पटक–पटक आग्रह गर्दै आएको छ । जिल्ला विकास समितिले आर्थिक वर्षको पहिलो चौमासिकभित्रै सम्पूर्ण योजनाहरु सम्झौता गरी सक्नुपर्ने योजना बनाए पनि उपभोक्ता समिति गठनमा ढिलाई हुँदा अहिलेसम्म दुई तीनवटा मात्र योजना बाहेक सम्झौताको काम अगाडि बढ्न सकेको छैन । जिल्ला विकास समितिले गत असोज १० देखि नै सार्वजनिक सूचना जारी गरेर योजना सम्झौताका लागि आह्वान गर्दै आएको छ । तर, योजना सम्झौताको काम हुन सकेको छैन । किन योजना सम्झौताको काम हुन सकेको छैन त ? आफ्ना योजनाहरु रातो किताबमा पार्न बस्तीस्तरदेखि नै दौडधुप र राजनीतिक दलका नेताहरुसम्म सोर्स मिलाउने उपभोक्ताहरु जब योजना छनौट भई अख्तियारी आउँछ, तब उनीहरु कुनै चासो दिदैनन् योजना सम्पन्न गर्न । उता जिल्ला विकास समितिले उपभोक्ता समिति गठन भएर नआउदा समयमा योजनाहरु सम्झौता नभएको बताउँछ । जसका कारण आर्थिक वर्षको अन्त्यमा कामको चाप हुने र त्यसबाट काम प्रभावकारी हँुदैन । दाङमा चालु आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा जम्मा २÷३ वटा मात्र योजनाहरु सम्झौता भएको बताउनुहुन्छ–जिल्ला विकास समिति दाङका योजना शाखाका नायव सुव्वा टेकबहादुर खड्का । तर, उपभोक्ता समितिमा बसेर काम गरिसकेका नागरिकहरुको पीडा भने फरक छ । योजना सम्पन्न गर्न उपभोक्ता समितिलाई पहिले जस्तो पेश्की उपलब्ध गराइदैन … Continue reading योजना सम्झौताः समयमै किन हुँदैनन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed