आयआर्जनमुखी काम गर्न बाढीपीडितलाई १० लाख सहयोग

दाङ, मंसिर ९ । दाङको तुलसीपुरबाट सेतो र एउटा कालो जीपमा दाताहरु बाढीपीडितहरुका लागि आर्थिक सहयोग लिएर तुलसीपुर नगरपालिका १८ को बबई नदीको ढिकमा बिहान करिब ९ बजे पुगे । त्यहाँ जाँदा अधिकांस बाढीपीडितहरु आइपुगेका थिए, भने कतिपयहरु हस्याँङफस्याँङ गर्र्दै दौडिदै आउँदै थिए । गएकाहरु दाताहरु कतिखेर आउलान् भनेर आत्तिएर आउने बाटो हेर्दै थिए । दिने र लिने जम्मा भएपछि राहत बितरण सुरु भयो । आयोजकले नाम बोलाएपछि फुलबारी–६ बखरीयाकी ६१ वर्षिया ससेली खत्रीले बाख्रापालनका लागि पन्ध्रहजार रुपैयाँ प्राप्त गर्नुभयो । पैसा पाउँदा कस्तो लाग्यो आमा ? भनेर सोध्दा खुसी लाग्यो बाबु, भन्दै हुनुहुन्थ्यो । तर, मन थाम्न सक्नु भएन, डाँको छोडेर रुनु भयो । कारण बाढीले २ तले घर बगाई दिएपछि डेढ वर्षदेखि बल्लतल्ल ऋणसाहु गरेर बनाएको दुई कोठे छाप्रोमा बस्दै आएकी उहाँले अब बाख्रालाई कहाँ राख्ने होला भन्ने चिन्ता रहेछ । दुई कोठे छाप्रो, मान्छे उभिए टाउकोमा चोट लाग्ने डर, भएका ढोका–झयालमा पल्ला छैन, बोराले छेकबार लगाएको छ । भएका २÷४ वटा बस्तुभाउ रातदिन बाहिरै छन्, पाहुना आए छिमेकीकोमा जानुपर्ने, यस्तै पीडादायी समस्याको चाङ भन्दै आँसु पुच्छै गर्नु भयो । उहाँसँगै रहेका दिदीबहिनीहरुले यस्तो पीडा सबैलाई छ, अरुलाई हेरेर भए पनि चित्त बुझाउनु पर्छ भनेपछि खत्री, केही सम्हालिनु भयो । यस्तै पीडैपीडाका बीच संघर्ष गर्दै आएका दाङको फूलबारी … Continue reading आयआर्जनमुखी काम गर्न बाढीपीडितलाई १० लाख सहयोग