ताजा अपडेट

उत्कृष्ट कार्य गरेकोमा सम्मान

          |   277 Views   |   Published Date : 25th November 2015 |

दाङमा रहदा ट्राफिक प्रमुखको जिम्मेवारी उत्कृष्ट कार्य गर्दै पुरा गर्नु भएका ट्राफिक प्रमुख बीरबहादुर थापाको सरुवा भएको छ । व्यूरोक्रेशीमा थोरै मात्र व्यक्ति हुन्छन्, जसलाई उसले गरेको कामको आधारमा सबैले सम्झन्छन् । यस्तै थोरै व्यक्तिमा ट्राफिक निरीक्षक बीरबहादुर थापा पनि पर्नु हुन्छ । उहाँले दाङमा बस्दा यहाँको ट्राफिक सचेतनाको पाटोलाई उत्कृष्ट कार्यले अगाडि बढाउनुभएको थियो । जसले गर्दा दाङमा दुर्घटनामा धेरै हदसम्म कमि आएको छ । उत्कृष्ट कार्य गरेकै कारण प्रहरी निरीक्षक थापा सरुवा भएर जाँदा उहाँलाई धेरै सामाजिक संघसंस्थाहरुले भव्यरुपमा बिदाइ गरेका छन् । थापाको मिलनसार व्यक्तित्व र काम गर्ने उत्कृष्ट शैलिका कारण उहाँलाई सबैले राम्रो मान्दथे । ट्राफिक प्रमुखको जिम्मेवारीमा रहँदा प्रभावकारी कार्यकौशलता प्रस्तुत गर्नुभएका थापाले जिल्लामा ट्राफिक सचेतनाको सवालमा देखाएको तदारुकता अबका दिनमा पनि जारी रहेमा जिल्लामा दुर्घटनालगायतका कुराहरुमा कमि आउनेछ ।
ट्राफिक सचेतनाको पाटोलाई प्रभावकारी बनाउनका लागि सर्वसाधारणलाई यसको प्रयोग बुझाउन जरुरी छ । पछिल्लो समयमा ट्राफिक प्रहरी होस वा अन्य सुरक्षा निकायहरुले नै किन नहोस्, जनतासँगको सहकार्यमा आफूलाई अगाडि बढाउने प्रयास गरेका छन् । दाङमा रहँदा ट्राफिक प्रमुख बीरबहादुर थापाले सर्वसाधारण, विद्यार्थी, शिक्षक, सञ्चारकर्मी, यायातायात व्यवसायीलगायतका सबै सरोकारवालाहरुसँग नजिकको सम्वन्ध राख्नुभएको थियो । जसका कारण उहाँले अगाडि सारेको ट्राफिक सचेतनाको पाटो प्रभावकारी बन्न पुगेको हो । कुनै पनि क्षेत्र एक्लै बलियो र समृद्ध हुन सक्दैन । यसका लागि सर्वसाधारण देखि सरोकारवाला सबै निकायसँगको सामप्यिता गहिरो हुनुपर्छ । एकले अर्कोलाई साथ सहयोग गर्ने परिपाटीको विकासले मात्र सबै क्षेत्र समृद्ध हुन सक्छ । ट्राफिक सचेतनाको पाटो प्रभावकारी बनाउनु भनेको दुर्घटनामा कमि आउनु हो । दुर्घटना कम हुनु भनेको जिउज्यानको क्षेतीमा कमि आउनु हो । तसर्थ अबका दिनमा पनि जिल्लाको ट्राफिक सचेतनाको पाटोलाई समृद्ध बनाउनका लागि सरुवा भएर जानु भएका ट्राफिक प्रमुख बीरबहादुर थापा जस्तै मिजासिलो भएर काम गर्ने सवालमा जिल्लामा आउनु हुने नयाँ ट्राफिक प्रमुखले पनि काम गर्नु भयो भने राम्रो हुनेछ । बिदाई भएर जान लाग्नु भएका ट्राफिक प्रमुख थापालाई उहाँले गरेको कामको उच्च प्रशंशा गर्दै हार्दिक बधाई ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१