रुकुममा तीनदिने पत्रकारिता तालिम सम्पन्न

रुकुम, मंसिर ८ । सामाजिक सुशासन र समृद्धिका लागि भन्दै सञ्चालन गरिएको तीनदिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल रुकुम शाखाले सञ्चालन गरेको उक्त तालिमको एक औपचारिक कार्यक्रम गरी समापन गरिएको हो । पछिल्लोपटक युवाहरु सञ्चार क्षेत्रमा आकर्षित हुँदै गएको भन्दै गुणस्तरीय पत्रकारिता र विकासका लागि उक्त तालिमको आयोजना गरिएको प्रेस चौतारी नेपाल रुकुम शाखाका अध्यक्ष दीपकसंगम थापाले बताउनुभयो । उक्त तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व सभापति नारायण शाह, प्रेस चौतारी दाङ शाखाका अध्यक्ष टीका बस्नेत, पत्रकार महासंघ रुकुमका सचिव सुरेन्द्र खत्री, पत्रकार महासंघका पूर्व उपाध्यक्ष धनबीर दाहाल, प्रेस चौतारी दाङका सदस्य किरण गौतम, सञ्चारिका समूह रुकुम अध्यक्ष मनिसा केसी, चौतारीका सचिव महेश केसीलगायतले गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै प्रशिक्षार्थी लोकेन्द्र ओलीले पत्रकारितामा लागेर समाज रुपान्तरणका लागि केही योगदान गर्ने बताउनुभएको थियो । प्रेस चौतारी नेपाल रुकुम शाखाका अध्यक्ष दीपकसंगम थापाको अध्यक्षता सम्पन्न उक्त समापन कार्यक्रम नेकपा एमालेका कार्यबाहक अध्यक्ष ऋषिप्रसाद शर्मा, प्रमुख प्रशिक्षक नारायण, एमाले प्रचार विभाग प्रमुख धनराज खड्का, दाङ चौतारी अध्यक्ष टिका बस्नेत, दाङ चौतारी सदस्य किरण गौतम, सञ्चारिका समुह रुकुमकी अध्यक्ष मनिसा केसी लगायतको उपस्थिति रहेको थियो । Facebook Comments