भैलोको रकम भाँडा खरिद र जेष्ठ नागरिकको सम्मानमा

दाङ, मंसिर ८ । दाङको पहाडी गाविस लोहारपानी–९ बचनीमा तिहारमा खेलिएको भैलोबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरिएको छ । बचनी गाउँका नागरिकहरुले भैलो खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा प्रयोग हुने भाडाबर्तन खरिद गर्नुका साथै जेष्ठ नागरिकहरुलाई सम्मान गरेका छन् । गाउँमा आयोजना हुने विभिन्न कार्यक्रममा आवश्यक पर्ने भाँडावर्तन खरिद गर्नुका साथै १८ जना जेष्ठ नागरिक र ११ जना समाजसेवीहरुलाई भैलोको रकमबाट सम्मान गरिएको छ । ७० वर्ष उमेर पुगिसेकेका भक्तिराम मिजार, जैसरा डाँगी, डिला आले, दामबहादुर परियार, ओवी बिक, केसरी मिजार, जगबहादुर बिक, डिलबहादुर बिक, गोपिराम ओली, तेजबहादुर बुढा, गजाधर खत्री, बेली राना, जसुता राना, पवित्रा महरा, खिमा बुढा र ओमबहादुर बिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको हिमाल महराले जानकारी दिनुभयो । यस्तै भैलोको रकमबाटै गाउँका समाजसेवीहरु तेजबहादुर बुढा, चन्द्रबहादुर मिजार, दुवा महरा, हिमलाल डाँगी, हर्कबहादुर डाँगी, ऋषिराम ओली, भक्तिराम बुढा, भेगी परियार, रेवन्त आले, रामबहादुर पुन र दुर्गाबहादुर डाँगीलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी भैलोलाई सबैभन्दा धेरै दान प्रदान गर्ने बिष्णु महरा, शोभाराज बिक, यमबहादुर आर्ने र तेजबहादुर बुढालाई ढाका टोपी लगाएर सम्मान गरिएको थियो । यस्तै भैलोको नेतृत्व गर्नेहरु यमबहादुर आर्ने, हर्कबहादुर डाँगी, ऋषिराम ओली, टोपबहादुर डाँगीलाई पनि सम्मान गरिएको छ । यसैबिच भैलोकै रकमबाट गाउँमा रहेका १ सय १३ घरधुरीलाई चर्पी सफा … Continue reading भैलोको रकम भाँडा खरिद र जेष्ठ नागरिकको सम्मानमा