खाद्यमा परनिर्भरता हटाउनुपर्नेमा जोड
घोराही, मंसिर ८ । खाद्यमा बढिरहेको परनिर्भरता घटाई यसमा आत्मनिर्भर बन्नुपर्ने जिल्लाका सरोकार राख्ने निकायहरुले बताएका छन् । खाद्य अधिकार सुनिश्चित नहुँदा दिनप्रतिदिन खाद्य संकट चुलिदै गएकोप्रति उनिहरुले चिन्ता ब्यक्त गर्दै राज्यले सबै क्षेत्रमा आत्मनिर्भर बनाउन अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । ७ मंसिर सोमबारबाट घोराहीमा सुरु भएको दुई दिने खाद्य अधिकार सम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्ने सरोकारवालाले खाद्य अधिकार सुनिश्चित हुने वातावरण सबैले तयार पार्नुपर्ने बताएका थिए । खाद्य अधिकार सञ्जाल दाङकी अध्यक्ष हुमा डीसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै फियान नेपालका क्षेत्रीय कोर्डिनेटर सुरेश गौतमले खेतियोग्य जमिन विस्तारै वस्तीमा परिणत भएका कारण उत्पादन घटेको, उत्पादन क्षेत्रमा श्रमशक्ति विदेश पलायन भएको र सरकारले खाद्य अधिकारको क्षेत्रमा खासै चासो नदिँदा परनिर्भरता बढेको बताउनुभएको थियो । खाद्य अधिकारी सञ्जाल दाङको आयोजना तथा फियान नेपालको सहयोगमा सुरु भएको तालिममा २० जनाको सहभागिता रहेको छ । सो अवसरमा अधिकारकर्मी भरत देवकोटा, फियान नेपालका कार्यक्रम अधिकृत देवराज खत्री, नेपाल पत्रकार महासंघ दाङका सदस्य प्रशान्त वलीलगायतले बोल्नु भएको थियो । सञ्जालका जिल्ला उपाध्यक्ष विनोद केसीको स्वागत मन्तब्यबाट सुरु भएको तालिमको सहजीकरण सञ्जालका महासचिव मौसम आचार्यले गर्नुभएको थियो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed