भैलोको रकम कृषि क्षेत्रमा लगानी गर्ने

दाङ, मंसिर ७ । जुनकिरी कृषक समुह लालमटिया–९ पिपरखट्टीले यस वर्षको तिहारको अवसरमा खेलेको देउसी भैलोको रकम कृषि क्षेत्र र संस्थागत विकासमा खर्च गर्ने भएको छ । समुहले ४ दिनसम्म खेलेको भैलोको कुल १ लाख ५० रुपैयाँ सो क्षेत्रमा खर्च गरिने समुहका सह–सचिव बालाराम कुमालले जानकारी दिनुभयो । कुल रकम मध्ये ६० प्रतिशत कृषि तालिम र ४० प्रतिशत संस्था विकासमा खर्च गर्ने समुहले जनाएको छ । समुहका अध्यक्ष दधिबहादुर पाण्डेको नेतृत्वमा खेलिएको भैलो कार्यत्रममा सोरठी, मारुनी नाच प्रर्दशन गरिएको थियो । समुहले अबको ५ वर्षमा किसानहरुलाई बेमौसमी तरकारी खेतीबाट आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । Facebook Comments