ट्राफिक संकेत बोर्ड राख्न थालियो
दाङ, मंसिर ७ । जिल्ला ट्राफिक कार्यालय दाङले घोराही बजारमा ट्राफिक संकेतका बोर्डहरु राख्न थालेको छ । ६ मंसिर आइतबार ट्राफिक कार्यालयले अम्बिकेश्वरी सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा बजारका विभिन्न भागहरुमा सचेतनामुलक ट्राफिक संकेतका बोर्डहरु राख्न शुरु गरेको र यो कार्य निरन्तर जारी रहने जिल्ला ट्राफिक प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो । ट्राफिक प्रमुख थापाको सक्रियतामा ट्राफिक संकेतका बोर्डहरु राखिएका हुन् । बजारका विभिन्न ठाउँमा यसरी राखिएका ट्राफिक बोर्डका संकेतहरुले दुर्घटना न्युनीकरण सहयोग पुग्ने अम्विकेश्वरी सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आर.के. शितलले बताउनुभयो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed