अर्जेन्टिनाको राष्ट्रपतिमा माक्री विजयी, १२ वर्षपछि उल्टियो सत्ता
काठमाडौं, मंसिर ७ । अर्जेन्टिनाको राष्ट्रपति चुनावमा कन्जरभेटिभ पार्टीका माउरिसियो माक्री विजयी भएका छन् । लगभग सबै भोटहरु गणना भइसक्दा माक्रीले सत्ताधारी पार्टीका उम्मेदवार डेनियल सिओलीलाई पछाडी पारेका हुन् । माक्रीको पक्षमा ५१.५ प्रतिशत र सिओलीको ४८.५ प्रतिशत भोट खसेको छ । बुयनोस एयर्समा आयोजित विजयसभाका क्रममा नवनिर्वाचित राष्ट्रपति माक्री खुशीले मञ्चमै नाचेका थिए । उनको जितले अर्जेन्टिनामा पेरोनिस्ट पार्टीको १२ वर्ष लामो सत्ता यात्राको अन्त्य गरेको छ । ‘आज ऐतिहासिक दिन हो,’ ठूलो संख्यामा रहेका समर्थकलाई सम्वोधन गर्दै माक्रीले भने, ‘नयाँ युगको प्रारम्भ भएको छ ।’ माक्री हाल बुयनोस एयर्सका मेयर हुन् । पहिलो चरणको मतदानमा सिओलीबाट पराजित भएका उनका लागि यो ठूलो ‘टर्नअराउन्ड’ थियो । बुयनोस एयर्स प्रान्तका गभर्नर सिओलीले सोझै विजेता बन्नका लागि आवश्यक संख्यामा अग्रता लिन नसक्दा देशको इतिहासमा पहिलोपटक दोस्रो राउण्डको मतदान भएको थियो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed