विपश्यना ध्यानवारे प्रवचन

घोराही, मंसिर ६ । पतञ्जलि योग समिति घोराहीले सञ्चालन गर्दै आएको नियमित शिविरमा विपश्यना ध्यानवारे प्रवचन कार्यक्रम सम्पन्न भएको छ । सोक्रममा प्रवचनसंगै अभ्याससमेत गरीएको थियो । पतन्जलि योग समिति घोराहीस्थित नियमित शिवीरमा बुद्ध धर्म र विपश्यना ध्यानवारे नारायणप्रशाद शर्माले प्रवचन दिनु भएको थियो । त्यस्तै सविन शर्माले प्रवचनपछि यसको प्रारम्भिक अभ्यास गराउनु भएको थियो । कार्यक्रममा पतञ्जलि योग समितिका उपाध्यक्ष उदयबहादुर डाँगि र केन्द्रिय सदस्य प्रेम शाहले आफ्नो अनुभुतिसहीतको धन्यवाद ज्ञापन गर्नु भएको थियो । शिविरमा घोराही क्षेत्रमा नियमित योग अभ्यास गर्दै आएका लगभग एक सयजनाको सहभागिता रहेको थियो । Facebook Comments