विज्ञान शिक्षकहरुको सम्मेलन हुने

घोराही, मंसिर ६ । दाङमा रहेका विज्ञान शिक्षकहरुको सम्मेलन हुने भएको छ । विज्ञान शिक्षक समाज नेपाल दाङको बैठकले समाजको क्षेत्रिय भेला तथा सम्मेलन पुस मसान्तसम्म गरी सक्ने र जिल्ला सम्मेलन फागुन ८ गते गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले विज्ञान शिक्षकहरुका लागि विभिन्न तालिम सञ्चालन गर्ने र भारतिय नाकाबन्दिका कारण विद्यार्थिहरुको पठनपाठनमा असर परेकाले समस्या समाधानका लागि सबै पक्षलाई अनुरोध गर्ने निर्णय गरेको समाजका सचिव गिरीराज लम्सालले जानकारी दिनु भयो । बैठकले समाजको आजिवन सदस्यता वितरणका लागि रामसुरत यादवको संयोजकत्वमा सतिश गौतम, वलदेव अधिकारी, नेत्रलाल भट्टराई र नारायण पन्थि रहेको समिति गठन गरेको छ । समाजका अध्यक्ष बसन्त पौडेलको अध्यक्षतामा बसेको बैठकले शिक्षक सेवा आयोगवाट स्थायि शिक्षकमा सिफारीस भएका सबै शिक्षकहरुलाई वधाई ज्ञापन गर्नुका साथै कार्यकाल सफलताको शुभकामनापनि दिएको छ । Facebook Comments