बन्दको विकल्प खोज्न सर्वसाधारणको आग्रह
दाङ, मंसिर ६ । थरुहट रथारुवान प्रादेशिक संयुक्त संघर्ष समिति चितवन–कञ्चनपुरले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालको दोस्रो दिन ६ मंसिर आइतवार दाङमा बन्दको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ । बन्द गरेर जनतालाई सास्ति दिई समस्या समाधान नहुने र आन्दोलनरत पक्षको माग पनि पुरा नहुने भएकारे यसको विकल्प खोज्नुपर्ने चौतर्फीरुपमा आवाज उठ्न लागेको हो । भारतले नाकाबन्दि गरेर जनतालाई सास्ति दिइरहेको वेला विभिन्न मागहरु राखेर बन्द हड्तालका कार्यक्रम राख्नु राम्रो कुरा नभएको र वार्ता र सम्वादका माध्यमवाट निकास निकाल्नुपर्ने सर्वसाधारणहरुको भनाई छ । वर्तमान समयमा राष्ट्रिय एकता प्रर्दशन गर्दै सरल र सहज ढङ्गवाट जनतालाई दुख नदिने गरी आफ्ना मागहरु वार्ता र सम्वादवाट पुरा गर्न आन्दोलनरत पक्षलाई सर्वसाधारणले सुझावसमेत दिएका छन् । जिल्लाको देउखुरी क्षेत्रमा बन्दको प्रभाव कम परेको छ भने घोराही, तुलसीपुर र नारायणपुर क्षेत्रमा बन्दको प्रभाब अत्यन्तै न्युन रहेको छ । लमही र भालुवाङमा छोटो दुरीका सवारीका साधन कम चलेका छन्। बन्दको प्रभाव नभएकाले बजार सामान्य खुलेको बताईएको छ । यता, घोराही र तुलसीपुर क्षेत्रमा हिजोअस्ति भन्दा कम सवारीका साधनहरु चलेपनि स्थानीय रुटका केही गाडिहरु भने निर्बाध रुपमा चलिरहेका छन् । यस्तै घोराही, तुलसीपुर, नारायणपुर, विजौरी लगाएतका बजारहरु पनि खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै यस क्षेत्रको शिक्षण संस्थाहरुमा पनि पठनपाठन भैरहेको छ । थारु बहुल क्षेत्रलाई समेटेर छुट्टै प्रदेश बनाउनुपर्ने माग राखेर यसअघिको थरुहट थारुवान संयुक्त … Continue reading बन्दको विकल्प खोज्न सर्वसाधारणको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed