प्यूठान, मंसिर ६ । भारतले गरेको सीमानाका बन्दका कारण प्यूठानमा औषधीको अभाव भएको छ । जिल्लाका सबै स्थानमा जीवनजल र सिटामोल जस्ता अत्याबश्यक औषधीको समेत अभाव सुरु हुँदा स्थानिय सामान्य उपचार पाउनबाट पनि बञ्चीत हुन थालेका सर्वसाधारणहरुले गुनासो गर्न थालेका छन । जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले भारतिय नाकाबन्दि जारी रहे सर्वसाधारणलाई चाहिने औषधिहरु अभाव हुने जनाएको हो । कार्यालयमा हाल ३५ प्रकारका औषधीहरुको केहि अभाव भएको देखिएको छ । कार्यालयमा ७० थरिका औषधीहरु हुने गरेकोमा हाल ३५ थरिका औषधीहरुको केहि अभाव भएको औषधी भण्डारण शाखाका संयोजक तेजेन्द्र घर्तिले बताउनु भयो । कार्यालयका अनुसार हाल जिवनजल, आइरन चक्की सहित एन्टिबायोटिक औषधीहरु शुन्य भएको एक हप्ता भन्दा धेरै भएको घर्तिको भनाई छ । जिल्ला अस्पतालमा समेत सामान्य औषधिको भण्डारण नै रित्तो भएका कारण जिल्लाको ग्रामिण भेगमा अहिले सामान्य झाडापखालाको उपचार गर्न समेत जिवनजल पठाउन नसकिएको कार्यालयले जनाएको छ । जिल्लाका सबै स्वास्थ्य चौकीहरुबाट जिल्ला स्वास्थ्य कार्यालयमा औषधी माग भएपनि औषधी दिनका लागि आफुहरुसंग नभएको घर्तिले वताउनुभयो । यसैबिच जिल्ला स्वास्थ्य कार्यालयले औषधी खरिदका लागि टेन्डर आह्वान गरेको एक महिना भइसक्दासमेत जिल्लामा औषधी आयात अनिश्चित भएको छ । कार्यालयवाट झण्डै एक महिना पहिला नियमित्त कार्यक्रम अन्तरगत ४५ लाख रुपैँयाको औाषधी खरिद प्रकृया सुरु गरेको कार्यालयका सुचना अधिकृत दलबहादुर केसीले बताउनुभयो । पछिल्लो चार महिना देखि औषधी खरिद हुन सकेको छैन्। त्यस्तै जिल्लाको निजी क्षेत्रमा … Continue reading प्यूठानमा औषधीको अभाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed