दिपज्योति दुग्ध सहकारीको साधारणसभा
दाङ, मंसिर ५ । दिव्यज्योति दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको सातौं साधारणसभा बिजौरीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बसन्तकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पशु सेवा केन्द्र तुलसीपुरका डा. शुदामा भट्टको प्रमुख आतिथ्य तथा ने.सं.वि.का पूर्व शिक्षाध्यक्ष नारायणकुमार आचार्यको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाका शेयर सदस्य एवं कार्यसमिति सदस्य ठाकुरप्रसाद शर्मा, ज्ञानमाया रावत, तुल्सी गिरी, श्यामकुमार रेग्मी र अशोककुमार गौतमले शुभकामना मन्तव्य राखेको थिए । सांगठनिक प्रतिवेदन संस्थाका सचिव चित्रबहादुर खड्का र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शान्ता भट्टराईले प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकारण संस्थाका सचिव चित्रबहादुर खड्काले गरेका थिए । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed