ताजा अपडेट

सहिद

        विशाल परियार   |   302 Views   |   Published Date : 21st November 2015 |

गयौ बढ्दै अघिअघि जनताका लागि
प्रजातन्त्र शान्ति अनि स्वतन्त्रताका लागि
जीवन भन्दा माथि राष्ट्रको शिर उठाई
अन्यायको पर्दा च्यात्न जनताको बल जुटाई ।

न त ग¥यौ प्रवाह गोलीको न त भाका भोलिको
पन्छ्याउँदै बारहरु फलामेती तारहरु
बैरी बिरुद्ध जनआशाको दियो बनेर
विशाल सागरको मार्गदर्शकको मियो बनेर
त्यसैले अमर रहनेछौ सहिद तिमी तारा बनेर ।

सक्दैनन् सबैले रगत बगाउन पराईका लागि
न सक्छन् ढाल बन्न बारुद र गोली बिरुद्ध
तर, तिमीले सक्छौ सपनाको बगैचामा दुनिया फैलाउन
त्यसैले चम्कनेछौ सहिद तिमी तारा बनेर ।

छट्पटी भयो होला कठै ! छातीमा गोली बज्रदा
रोए होलान् जहान बालक त्यो निर्दाेष शरिर ढल्दा
तर, तिम्रो अमरत्वमा लाखांैको मुक्ति थियो
एउटा बहादुरको जीवन कथा इतिहासको पानामा रह्यो
त्यसैले सजाउनेछिन् नेपाल आमा सहिदको नामले ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१