इन्धन अभावले दाङमा यात्रुबाहक सवारीसाधन जता गयो उतै रोकिन थाले
दाङ, मंसिर ५ । मंसिर ४गते शुक्रबार बिहान दाङको हेकुली गाविस–९ सुकदेवादेखि रा१ज ८४८ नम्वरको बस तुलसीपुरका लागि छुट्यो । बस तुलसीपुरतर्फ अघि बढ्दै जाँदा खुट्टा टेक्ने ठाउँ भएसम्मका यात्रुहरुलाई चढाउँदै बस अघि बढ्यो । बसमा चढेका यात्रुमध्ये कतिले म तुलसीपुर आउने बसमा चढि सकेँ, भन्दै थिए भने कतिले म तुलसीपुर नजिकै आइपुगँे भनेर आफन्तलाई टेलिफोनमा भन्दै थिए । तर, बस तुलसीपुरदेखि करिव–करिव डेढ किलोमिटरको दुरीमा पर्ने चमिखोला भन्ने स्थानमा आएर एक्कासी रोकियो । यात्रुहरु के भयो भनेर यताउती गर्न थाले । ड्राइभरले सहचालकलाई तेल हेर्न लगाए, तेल गाडीमा एक थोपा पनि थिएन । सह–चालकले यात्रुहरुलाई गाडीको तेल सक्यो तपाइहरु झर्नुस् भनेपछि यात्रुहरु आफ्ना बालबच्चा र भएका मालसामान, बोकेर पैदल हिड्न सुरु गरे । कसैले अलि पर भइदिएको भए त बरबादै हुन्थ्यो भन्दै थिए ,भने कतिपयले बीच बाटोमा ल्याएर अलपत्र पार्यो भनेर गाडीवालालाई गाली गर्र्दै थिए । यो एटा उदाहरण मात्र हो । यस्ता धेरै गाडीहरु चल्दाचल्दै डिजेल सकिदा गन्तव्यमा नपुग्दै बीचबाटोमै आफू पनि र यात्रुलाई पनि अलपत्र पार्ने गरेका छन् । इन्धन अभावका कारण सडकमा गाडीहरु न्यून मात्रामा सञ्चालनमा आएपछि यात्रुहरु जोखीम मोलेरै भए पनि यात्रा गर्न बाध्य छन् । मासिक पन्ध्र लाख लिटर डिजेल आवश्यक पर्ने दाङमा भारतको अघोष्ीित नाकाबन्दिका कारण महिनामा मुस्किलले २ लाख ४० हजार लिटर मात्र डिजेल आउन थालेपछि यस्तो समस्या उत्पन्न भएको नेपाल आयल निगम इन्धन … Continue reading इन्धन अभावले दाङमा यात्रुबाहक सवारीसाधन जता गयो उतै रोकिन थाले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed