सौडियारमा ७ लाख ६८ हजार बिनियोजन

दाङ मंसिर ४  । जिल्ला विकास समितिबाट यसवर्ष सौडियार गाविसमा सञ्चालन हुने योजना सम्पन्न गर्नका लागि तीनवटा उपभोक्ता समिति गठन गरिएको छ । चालु आर्थिक वर्ष २०७२/०७३ सालमा सम्पन्न गर्ने गरी परेका ती योजनाको समावेशी तरिकाले उपभोक्ता समिति गठन गरिएको हो । वडा नागरिकमञ्च ३ को आयोजनामा भएको भेलाले लखवार पिपल छहारी भचना निर्माणका लागि नन्दकुमार आचार्यको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । समितिको सचिवमा तारासिँह बुढाथोकी र कोषाध्यक्षमा पवित्रा घर्ती मगर, सदस्यहरुमा लिला थापा, सुनमती गिरी, निमबहादुर भण्डारी, शान्ता चौधरी, माया चौधरी, दुर्गाप्रसाद वली रहनुभएको छ । सो योजना अनुगमनका लागि पूर्णबहादुर रोका संयोजक, पम्फा केसी, मानबहादुर खनाल, लंकबहादुर भण्डारी र बमकुमारी डाँगी सदस्य रहेको अनुगमन समिति पनि गठन गरिएको सामाजिक परिचालक बिमल योगीले जानकारी दिनुभयो । सो योजनाका लागि जिल्ला विकास समितिले यस वर्ष सात लाख ६८ हजार ३ सय ५० रुपैया बिनियोजन गरेको छ । यस्तै सौडियार गाविसको मुटुका रुपमा चिनिने तल्लो दामोदर रोडको बचाह र लखवार जोड्ने बौराही खोलामा कल्र्भट निर्माण तथा सडक स्तरबृद्धिका लागि पनि उपभोक्ता समिति गठन गरिएको छ । गाविस प्रतिनिधि गंगु चौधरीको उपस्थितिमा नारायण डाँगी अध्यक्ष रहेको उपभोक्ता समिति गठन गरिएको हो । समितिको सचिवमा अविन चौधरी र कोषाध्यक्षमा राजकुमारी चौधरी रहनुभएको छ । चालु आर्थिक वर्षमा काम सक्नेगरी ७ लाख रुपैयाँ बराबरको योजना अनुगमन समितिको संयोजकमा वडा … Continue reading सौडियारमा ७ लाख ६८ हजार बिनियोजन