महिलाको भन्दा पुरुषको मृत्यु दर्ता समयमा
दाङ, मंसिर ४ । दाङको सौडियारमा महिलाको भन्दा पुरुषको मृत्युदर्ता समयमा र धेरै हुने गरेको एक तथ्यांकले देखाएको छ । गाविसले सार्वजनिक गरेको पञ्जीकरण दर्ता प्रतिवेदन अनुसार २०७१ सालमा ३४ जना पुरुषको मृत्यु दर्ता भएकोमा २७ जना महिलाको मात्र दर्ता भएको छ । पुरुषको मृत्यु भएमा महिलाहरुले एकल महिला भत्ता पाउने र अंश पनि अधिकांस पुरुषकै नाममा हुने भएकाले अंशबंडा गर्न पुरुषको मृत्यु भएपछि तत्कालै मृत्युदर्ता गराउने गरिएको छ । व्यक्तिगत घटना दर्ता ऐन अनुसार मानिसको जीवनमा घट्ने घटना ३५ दिनभित्र स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा दर्ता गराउनुपर्ने कानुनी प्रावधान भए पनि धेरैले कानुनको पालना नगरेको सौडियार गाविसका सचिव टेकबहादुर खड्काले बताउनुभयो । समयमा व्यक्तिगत घटना दर्ता नगराउनेहरुका लागि गाविसले जरिवाना समेत गर्दै आएको छ । व्यक्तिगत घटनाअन्तर्गत जन्म, मृत्यु, विवाह, सम्बन्धबिच्छेद र मृत्यु जस्ता घटना पर्दछन् । सौडियारलाई बालमैत्री गाविस बनाउनका लागि व्यक्तिगत घटना दर्ताको पनि महत्वपूर्ण भुमिका रहने भएकाले गाविसले वडास्तरिय सचेतना कार्यक्रम गरेको छ । १ नम्वरदेखि ९ नम्वरका विभिन्न टोलमा गरिएको कार्यक्रममा व्यक्तिगत घटना दर्ताको महत्वका विषयमा सचेतना प्रदान गरिएको बालमैत्री फोकलपर्सन बिमल योगीले जानकारी दिनुभयो । सचेतना अभियानका क्रममा सहभागीहरुले जनचेतनाको कमीका कारण व्यक्तिगत घटना दर्ता कम हुने गरेको बताएका छन् । उनीहरुले सरकारी र निजी विद्यालयले विद्यार्थी भर्ना गर्दा जन्मदर्तालाई अनिवार्य गराउन सकेमा दर्ता हुने क्रम बढ्ने उनीहरुको भनाइ रहेको छ । ९ दिनसम्म चलेको सचेतना … Continue reading महिलाको भन्दा पुरुषको मृत्यु दर्ता समयमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed