ताजा अपडेट

पुतली

        लेखनाथ वि.क.   |   495 Views   |   Published Date : 20th November 2015 |

लेखनाथ वि.क.
जनता विद्यापीठ विजौरी दाङ ।
पुतली ! पर पर उड अलि ।
सुन्दर पखेटाको फरफर हावाले,
मेरो मनलाई उडाउन खोज्यो ।
शितल स्पर्श र निश्चत हेराइले,
मेरो मुटुलाई चुडाउन खोज्यो ।
रसात्मक वाणी र रहस्यात्मक शर्माइले,
मेरो जीवन नै लोभ्याउन थाल्यो
पुतली ! पर–पर उड अलि ।

खेलौना झैं रङ्गिबिरङ्गी तिमी,
ए ! कसको खोजीमा उडेकी ?
आफ्ना आकाश झैं पातला पखेटा फरफराउँदै,
हावा झैं अदृश्य रहस्य फैलाई
जून झैं चम्किलो मुहार देखाएर
जसको वर्णन गरी सक्दिन मैले
मलाई भावनामा डुबायो तिम्रो उडाईले
तिम्रो एक्लो उडान, कतै गन्तव्यविहीन त छैन ?
सुशोभित दृश्यमा नयनी लिन भयो
हराएँ म तिमीभित्रै कसरी,
पानीमा नुन हराए सरी
पुतली ! पर पर उड अलि ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन